दफा १८६
धर्मपुत्र वा धर्मपुत्रीको अन्त्य

(१) दफा १८४ वा १८५ बमोजिम धर्मपुत्र वा धर्मपुत्री बदर भएमा धर्मपुत्र वा धर्मपुत्री राख्ने र धर्मपुत्र वाधर्मपुत्री हुने व्यक्तिको सम्बन्ध अन्त्य भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्ने र धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको सम्बन्ध अन्त्य भएमाधर्मपुत्र वा धर्मपुत्रीको हैसियतले निजमा रहेको हक, अधिकार तथा दायित्व समेत अन्त्य हुनेछ । तर धर्मपुत्र वाधर्मपुत्री कायम रहेको अवधिसम्म भोगिसकेको सुविधा, हासिल वा उपयोग गरिसकेको अधिकार र निर्वाह गरिसकेको दायित्वमाकुनै असर पर्ने छैन ।